लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

sanghiya samsadh

काठमाडौं, २८ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक र प्रतिवेदनहरु प्रस्तुत गर्ने संभावित कार्यसूची छ ।

बैठक संचालन भएमा आज कारागार विधेयक २०७६ बैठकमा पेश हुनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्ले नेपाल इन्जिनियरिङ परिषद पहिलो संशोधन विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले प्रमाण दोस्रो संसोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले बिउ बिजन दोस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गने कार्यसूची छ ।

यसैबीच, बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बस्दैछ । बिहान साढे १० बजे सिंहदरबारमा बस्ने बैठकले आजको बैठक चल्न दिने नदिने भन्ने निर्णय गर्ने संसदीय दलकी सचेतक पुष्पा भुषालले बताउनुभएको छ ।

कांग्रेसले आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता विजय गच्छदारमाथि अख्तियारले राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचारको मुद्दा दर्ता गराएको भन्दै सदन र सडकमा आन्दोलन गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);