अख्तियारका सचिव महेश्वर न्यौपानेलाई १५ दिनभित्र उपस्थित हुन सर्वाेच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अख्तियारका सचिव महेश्वर न्यौपानेलाई १५ दिनभित्र उपस्थित हुन सर्वाेच्चको आदेश

काठमाडौं, १६ माघ । सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई १५ दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।

नेपाल आयल निगमका तत्कालिन महाप्रबन्धक युवराज शर्मा जोडिएको भ्रष्टाचार मुद्दाको एउटा फाइल नभेटिएको सन्दर्भमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।

न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले बिहीबार दिएको आदेशमा सचिव न्यौपानेलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

निगमका तत्कालिन महाप्रबन्धक शर्माको भ्रष्टाचार मुद्दाको अभिलेख अख्तियारले पटक पटक ताकेता गर्दा पनि दिन नसकेपछि अदालतले उक्त मुद्दाको कागजात अभिलेख खोजी १५ दिनभित्र उपस्थित हुन आदेश दिएको हो ।

आदेशमा ‘सामान्य प्राविधिक कारण देखाई अदालतबाट माग गरिएका मुद्दासँग सम्बन्धित अभिलेख पेश गर्न आलटाल गर्ने र जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृतिलाई उचित ठान्न नसकिने उल्लेख गरिएको छ ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);