जोशीको मुद्दाको मिसिल पाँच वर्षसम्म पनि अदालत पुगेन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जोशीको मुद्दाको मिसिल पाँच वर्षसम्म पनि अदालत पुगेन

govindaraj_joshi

काठमाडौं, २४ जेठ । नेपाली कांँग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीसहितलाई मुद्दा चलाउन अख्तियारले गरेको निर्णय र मिसिल १५ दिनभित्र पेस गर्न सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ ।

पाँच वर्षसम्म पटक पटक ताकेता गर्दा पनि मिसिल प्राप्त नभएको भन्दै अदालतले सचिव र अन्य कर्मचारीसँग लिखित जवाफ पनि माग गरेको छ । जवाफ र मिसिलसहित १५ दिनभित्र आफैँ अदालतमा उपस्थित हुन पनि सर्वोच्चको आदेशमा भनिएको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले न्याय सम्पादन प्रक्रियामा अख्तियारले अनावश्यक हैरानी पु¥याएको समेत आदेशमा उल्लेख छ ।

अदालतले जोशीसहित उनका साला ताराराज पाण्डेमाथि मुद्दा चलाउने निर्णयको मिसिल माग गरेको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);