उच्च अदालतद्धारा ९९ जनाविरुद्ध मुद्दा, ३० दिनभित्र उपस्थित नभए कारवाही | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

उच्च अदालतद्धारा ९९ जनाविरुद्ध मुद्दा, ३० दिनभित्र उपस्थित नभए कारवाही

Uchcha-adalat-Patan-adala

काठमाडौं । उच्च अदालत पाटनले ९९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

अदालतले बैंकिङ कसुर मुद्दामा ९९ जनालाई आजको मितिबाट ३० दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको हो ।

मुद्दाको प्रतिवादीमा नेपाल सरकार छ ।

अदालतले ३० दिनभित्र बयानका लागि अदालतमा उपस्थित हुन आग्रह गर्दै नआए कानुन बमोजिम कारबाही प्रक्रिया अगाडी बढाउने चेतावनी समेत दिएको छ।

बैंकिङ कसुर मुद्दामा ३० दिने म्याद जारी भएका देवी कृष्ण न्यौपाने,स्वयम्भुका लालबहादुर घले, बौद्धका प्रेम खत्री, गोकर्णेश्वरका केदार बोहरा, भारतको बिहार घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने मुकेश शाह लगायत छन् ।

Leave a Reply