नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने

काठमाडौं, २८ फागुन। नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

यही आइतबार चैत १ गते दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई ब्यूँताएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटिको बैठक बस्न लागेको हो ।

यसअघि पार्टीभित्रका दुई समूहका भेला भएका थिए वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुको बिहीबारको भेलाले पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तत्काल बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको थियो । साथै आगामी केन्द्रीय कमिटी बैठकमा पुराना तिक्ततालाई बिर्सिदै आत्मआलोचनाका साथ अगाडि बढ्नुपर्नेमा नेताहरुले जोड दिएका छन् ।

एमाले केन्द्रीय कमिटीमा हाल २ सय ३ सदस्य कायम छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);