ट्रम्पद्वारा सुरक्षा खर्च सम्बन्धी विधेयक रोक्न 'भिटो' प्रयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ट्रम्पद्वारा सुरक्षा खर्च सम्बन्धी विधेयक रोक्न ‘भिटो’ प्रयोग

trump acquitted by senate

एजेन्सी, ९ पुष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदको दुबै सदनबाट पारित सुरक्षा खर्च सम्बन्धी विधेयक विशेषाधिकार ‘भिटो’ प्रयोग गरेर रोकिदिनु भएको छ । रिपब्लिकन र डेमोक्य्राटिक दुबै पार्टीका तर्फबाट ल्याइएको ७ सय ४० अर्ब डलर बराबरको सुरक्षा खर्च सम्बन्धी विधेयक आफूले भनेअनुसार नभएको भन्दै ट्रम्पले भिटो प्रयोग गरेर रोकिदिनुभएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अफगानिस्तान तथा युरोपमा रहेका अमेरिकी सैनिक फिर्ता बोलाउने संख्या र सीमा एवं सैनिक शिविरबाट अमेरिकी गृहयुद्धकालीन सैनिक जनरलहरुको नाम हटाउने व्यवस्थामा ट्रम्पले आपत्ति जनाउनुभएको हो । रंगभेदलाई साथ दिने सेनाका पूर्व जनरलहरुको नाम सैनिक शिविरबाट हटाउने प्रस्तावप्रति ट्रम्पको आपत्ति छ ।

अमेरिकी संसदले यस विधेयकलाई आवश्यक नै ठानेमा अब फेरि दुबै सदनको दुई तिहाई बहुमतबाट पारित गर्नसकेमात्र राष्ट्रपतिको भिटो निष्क्रिय हुनेछ । संसदबाट राष्ट्रपति ट्रम्पको भिटो खारेज हुन सकेन भने अमेरिकामा ६० वर्षपछि पहिलो पटक सुरक्षा अर्च सम्बन्धि कानून बन्ने छैन ।

ट्रम्पले भने विधेयकलाई ‘चीन र रुसका लागि उपहार’ को संज्ञा दिनुभएको छ । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले भिटो प्रयागलाई लापरवाहीको पराकाष्ठा भएको टिप्पणी गर्नुभएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);