राष्ट्रपति निर्वाचित जो बाइडेनद्वारा आफ्नो प्रशासनमा ६ जना मनोनित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रपति निर्वाचित जो बाइडेनद्वारा आफ्नो प्रशासनमा ६ जना मनोनित


एजेन्सी,१० मंसिर। नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका अब नयाँ दिशामा अघि बढने र विश्वको नेतृत्व गर्न सक्षम हुने दावी गर्नुभएको छ । आफनो टीम घोषणका क्रममा बाइडेनले ह्वाइट हाउसमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत यस्तो दाबी गर्नुभएको हो ।

जो बाइडनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका महत्वपूर्ण छ वटा पदमा मनोनित गर्नुभएको छ । बाइडनले विदेशमन्त्रीमा टोनी ब्लिङ्केनलाई मनोनित गर्नुभएको छ । बाइडनको टेलीमा एभ्रिल हेन्स डिरेक्टर अफ नेशनल इन्टेलिजेन्स , होमल्याण्ड सिक्युरिटीमा अलेहान्द्रो मयोर्कस रहनु भएको छ ।

बाइडेनको मनोनयन सिनेटबाट अनुमोदन भएपछि एभ्रिल हेन्स पहिलो महिला डिरेक्टर अफ न्याश्नल इन्टेलिजेन्स र अलेहान्द्रो मयोर्कस होमल्याण्ड सिक्युरिटीको पहिलो ल्याटिनी प्रमुख हुनुहुने छ । बाइडनले अर्थशास्त्री ज्यानेट येलेनलाई अर्थमन्त्री तथा जलवायु परिवर्तनको संकटसँग जुझ्ने आफ्नो प्रमुख दूतका रूपमा पूर्व विदेशमन्त्री जोन केरीलाई मनोनित गर्नुभएको छ ।

सबै मनोनयन सिनेटको सुनुवाइ समितिबाट अनुमोदित हुनुपर्नेछ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रियामा सहमति जनाएसँगै बाइडनले उच्च तहको गोप्य गुप्तचरी सूचना नियमित रूपमा प्राप्त गर्नुहुनेछ ।

ह्वाइट हाउसले ताजा अन्तर्राष्ट्रिय विकासक्रम बारेका विस्तृत दस्तावेज र राष्ट्रपतिले पाउने दैनिक जानकारी पाउने जनाएको छ । यसैबीच पेन्सिल्भेनियाका गभर्नरल टम वुल्फले निर्वाचनमा बाइडन विजयी भएको घोषणा गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);