एलन मस्क बने विश्वको दोस्रो धनाढ्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

एलन मस्क बने विश्वको दोस्रो धनाढ्य

एजेन्सी, ९ मंसिर । अर्बपति उद्यमी एलन मस्क विश्वका धनीहरुको सूचीमा दोस्रो स्थानमा उक्लिनुभएको छ । ब्लूमबर्गको बिलिनियर इन्डेक्सअनुसार मस्कको टेस्ला कम्पनीको सेयर भाउ बढेसँगै उहाँको सम्पति बढेको हो ।

टेस्ला कम्पनी विद्युतीय कार निमार्णका लागि परिचित छ । पछिल्लो पटक मात्र मस्कको सम्पति सात अर्ब २० करोड डलरले बढेर एक खर्ब २७ अर्ब ९० करोड डलर पुगेको हो ।

मस्कले केही समयअघि मात्र फेसबुकका सीईओ मार्क जुकरबर्गलाई उछिन्दै सबैभन्दा धनी मानिसको सूचीमा तेस्रो स्थानमा आउनुभएको थियो । सन् २०२० मा मात्र मस्कको सम्पत्ति एक खर्ब डलरले बढेको छ ।

यो सूचीमा अमेजनका सीईओ जेफ बेजोसभन्दा पछाडि हुनुहुन्छ । बेजोस विश्वको सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ । यस्तै माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स भने सबैभन्दा धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा रहुनभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);