संक्रमणकालीन शक्ति हस्तान्तरणका लागि ट्रम्प सहमत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

संक्रमणकालीन शक्ति हस्तान्तरणका लागि ट्रम्प सहमत

trump acquitted by senate

एजेन्सी , ९ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपति निर्वाचित जो बाइडनलाई संक्रमणकालीन शक्ति हस्तान्तरणका लागि सहमति जनाउनुभएको छ ।

चुनाव हारेर पनि पराजय अस्वीकार गर्दै सत्ता नछाड्ने अडानमा रहनु भएका ट्रम्प आफ्ना सबै प्रयास असफल हुन थालेपछि बल्ल बाइडन प्रशासनलाई सत्ता हस्तान्तरणको प्रक्रिया थाल्न तयार हुनुभएको हो । औपचारिक रुपमा बाइडनलाई शक्ति हस्तान्तरणको संक्रमणकालीन प्रक्रिया थाल्न ट्रम्प तयार हुनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका हुन् ।

मुख्य संघीय निकायहरुलाई आवश्यकता अनुसार काम गर्न आदेश दिइसकेको ट्रम्पले उल्लेख गर्नुभएको छ । यो भनाइसँगै पहिलो पटक ट्रम्पले हार स्वीकार्नु भएको टिप्पणी गरिएको छ । जनरल सर्भिस एडमिनिष्ट्रेसन जिएसएले पनि बाइडनलाई चुनावमा जीत हासिल भएको जानकारी गराएकोे छ ।

प्रशासक एमिली मर्फीले राष्ट्रपति निर्वाचितका लागि ६३ करोड अमेरिकी डलरको कोष उपलब्ध गराएको जानकारी दिनुभएको छ । ट्रम्पले देशको सर्वोत्तम हितका लागि, एमिली र उनको टीम प्रारम्भिक प्रोटोकलका सम्बन्धमा के गर्न जरुरी हो, त्यसका लागि टीमलाई सिफारिश गर्ने उल्लेख गर्नु भएको छ ।

मिसिगनमा बाइडनले जितेको औपचारिक रुपमा प्रमाणित गरेपछि ट्रम्पका मुद्दा मामिलाको अर्थ पनि सकिँदै गएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);