यसकारण पुटिनले जो बाइडनलाई जीतको बधाई दिएनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

यसकारण पुटिनले जो बाइडनलाई जीतको बधाई दिएनन्

एजेन्सी, ८ मंसिर । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडनलाई जीतको बधाई नदिएको कारण प्रष्ट गर्नुभएको छ ।

अमेरिकामा निर्वाचन परिणामकै बारेमा कानूनी मुद्दामामिला चलिरहेकाले कानूनी लडाईंको निर्णय नआउँदासम्म प्रतिक्षा गर्ने र त्यसपछि मात्रै बधाई दिने पुटिनले स्पष्ट गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

औपचारिक बधाई दिन ढिलाई गरेकै कारण रुस र अमेरिकाको सम्बन्धमा कुनै असर नपर्ने पनि पुटिनले यसको कारण स्पष्ट गर्नु भएको हो । बाइडनलाई बधाई नदिएर सम्बन्ध खराब त हुदैन भन्ने जिज्ञासामा पुटीनले जुनसम्बन्ध पहिलेदेखि नै खराब छ त्यो अब के खराब होला भनेर जवाफ दिनुभयो ।

निवर्तमान राष्ट्रपति ट्रम्प र नव–निर्वाचित राष्ट्रपति जो बाइडेन दुबैसँग सम्मानजनक सम्बन्ध रहेको पुटिनको भनाइ थियो । अमेरिकी जनताले चुनेका राष्ट्रपतिसँग काम गर्न तयार भएको भन्दै उहाँले महत्वपूर्ण भोटको गन्ती हुञ्जेल र घरेलु राजनीतिक संघर्ष समाप्त नहुँदासम्म प्रतिक्षा गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);