पाचौं कार्यकालका लागि निर्वाचित भएसँगै पुटिनले दिए तेस्रो विश्वयुद्धको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

पाचौं कार्यकालका लागि निर्वाचित भएसँगै पुटिनले दिए तेस्रो विश्वयुद्धको चेतावनी

putin

काठमाडौं,६ चैत्र । पाचौं कार्यकालका लागि निर्वाचित भएसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्वयुद्धको चेतावनी दिनु भएको छ । आइतबार सम्पन राष्ट्रपति निर्वाचनमा ठुलो जित हासिल गरेसँगै पुटिनले तेस्रो विश्वयुद्धको चेतावनी दिएको अन्तराष्ट्रिय
संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सोमबार नतिजा सार्वजनिक भए लगत्तै पुटिनले पहिलो सम्बोधनमा पश्चिमा राष्ट्रहरूलाई धम्की दिँदै तेस्रो विश्वयुद्धको चेतावनी दिनुभएको हो । उहाँँले रुस र अमेरिकाको नेतृत्वमा रहेको उत्तर एटलान्टीक सन्धि गठबन्धन नेटो बिच संघर्ष भएमा तेस्रो विश्वयुद्ध हुने र यस्तो अवस्था कसैले हेर्न नचाहेको उल्लेख गर्नु भयो । रुस र पश्चिमी देशहरू बिचको सम्बन्ध सन् १९६२ को क्युवाली मिसाइल संकटयताको सबैभन्दा खराब चरणबाट गुज्रिरहेको छ ।

गएको महिना फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भविष्यमा युक्रेनमा आफ्ना सेनाहरू अवतरण गर्ने संकेत दिएको सन्दर्भमा सोध्दा पुटिनले आजको आधुनिक युगमा जे पनि सम्भव छ, तर यदि यसो भयो भने तेस्रो विश्वयुद्ध धेरै टाढा छैन भनेर उत्तर दिएको बताइएको छ । उहाँले नेटोका सेना अझै पनि युक्रेनमै रहेको , युद्ध मैदानमा अङ्ग्रेजी र फ्रेन्च बोल्ने सैनिक भएको रुसलाई रामैस्ँग थाहा भएको उल्लेख गर्नु भयो । पुटीनले युक्रेनसँग वार्ताका लागि तयार रहेको दोह¥याउनु भयो ।

Leave a Reply

ताजा समाचार

On-line Slots Free Spins No Deposit Required

१ घन्टा अघि