कोरोना भाइरस विरुद्ध बनेको खोप विश्वसनीय,सुरक्षित र प्रभावकारी रहेको रुसको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

कोरोना भाइरस विरुद्ध बनेको खोप विश्वसनीय,सुरक्षित र प्रभावकारी रहेको रुसको दावी

एजेन्सी, ७ असोज । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरस विरुद्ध आफ्नो देशमा निर्मित खोप विश्वसनीय, सुरक्षित र प्रभावकारी रहेको दाबी गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भर्चुअल सम्बोधन गर्दै राष्ट्रपति पुटिनले कोरोना विरुद्ध रुसमा बनेको खोप विश्वसनीय, सुरक्षित र प्रभावकारी रहेको दाबी गर्नुभएको हो ।

उहाँले खोप निर्माणका सम्बन्धमा आफ्नो अनुभव साट्न तयार रहेको भन्दै खोप आपूर्ति गर्नेलगायत विषयमा सबै देश तथा अन्तर्राष्ट्रिय समुदायसँग संयोजन जारी राख्ने बताउनु भयो । पुटिनले राष्ट्रसंघका कार्यालयहरुमा कोरोनाको खोप निःशुल्क उपलब्ध गराउने पनि बताउनु भयो । रुसले गत ११ अगस्टमा विश्वको पहिलो कोरोना भाइरस भ्याक्सिन स्पुटनिक पाँचौलाई मान्यता दिएको थियो ।

तर, अन्तर्राष्ट्रिय समुदायले यस भ्याक्सिनको विश्वसनियताबारे प्रश्न उठाइरहेका छन । तेस्रो चरणको परीक्षण नै नभइ रुसले उक्त खोपलाई मान्यता दिएर उत्पादन सुरुगरेको हो । विश्वका वैज्ञानिक तथा संक्रामक रोग विज्ञ भने यस भ्याक्सिनको प्रभावकारीतालाई लिएर चिन्तित छन्, उनीहरुका अनुसार महिनौंसम्म दशौं हजार व्यक्तिमा परीक्षण गरिएपछि मात्रै यो सुरक्षित छ वा छैन भन्ने पत्ता लाग्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);