कोरोना विरुद्ध चिनियाँ कम्पनीले बनाइरहेको खोप पहिलो र दोस्रो चरणको परीक्षण सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कोरोना विरुद्ध चिनियाँ कम्पनीले बनाइरहेको खोप पहिलो र दोस्रो चरणको परीक्षण सफल

एजेन्सी, ३० असोज । चिनियाँ कम्पनीले बनाइरहेको कोरोना भाइरस विरुद्धको खोप पहिलो र दोस्रो चरणको परीक्षणमा सुरक्षित रहेको पाइएको छ । द ल्यान्सेट जर्नलमा प्रकाशित एक रिर्पोटका अनुसार चिनियाँ सरकारद्वारा सञ्चालित सिनोफार्म कम्पनीले विकास गरिरहेको कोरोना खोप बीबीआईबीपी–कोरभीको पहिलो र दोस्रो चरणको परीक्षण सफल भएको पाइएको हो ।

रिपोर्टका अनुसार पहिलो र दोस्रो चरणको परीक्षणमा सहभागी व्यक्तिलाई गम्भीर प्रकृतिको कुनै नकारात्मक प्रतिक्रिया नदेखिएको र शरीरमा एन्टीबडी पनि विकास भएको छ । खोपको परीक्षणमा १८ देखि ८० वर्ष उमेर समूहका व्यक्तिलाई सहभागी गराइएको थियो । अध्ययनका अनुसार ६० वर्षभन्दा माथिका व्यक्तिमा एन्टीबडी बन्न बढी समय लागेको थियो ।

यो उमेर समूहका व्यक्तिमा एन्टीबडी बन्न ४२ दिनसम्म लागेको अध्ययनमा उल्लेख छ । युवा उमेर समूहका सहभागीमा भने २८ दिनसम्ममा एन्टीबडी विकास भएको बताइएको छ अनुसन्धानमा सहभागीमध्येका एक प्राध्यापक जियायोमिङ याङले कोरोना भाइरसको संक्रमणका कारण पाका उमेर समूहका व्यक्तिहरु बढी जोखिममा रहेकाले खोप बनाएर उनीहरुको ज्यान जोगाउनु नै अनुसन्धानको प्रमुख उद्देश्य रहेको बताउनु भयो । चिनियाँ कम्पनी सिनोभाक र क्यानसिनोले पनि कोरोनाविरुद्ध तेस्रो चरणको चिकित्सकीय परीक्षण गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);