खोप लगाउनेमा जनप्रतिनिधिको संख्या न्यून | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

खोप लगाउनेमा जनप्रतिनिधिको संख्या न्यून

corona vaccine test

सर्लाही, १३ फागुन । सर्लाहीमा कोरोना खोप लगाउनेमा जनप्रतिनिधिको संख्या न्यून भएको पाइएको छ । स्वास्थ्य कार्यालय सर्लाहीको तथ्यांक अनुसार जिल्लामा दोस्रो चरण सम्म खोप लगाउने मध्ये जनप्रतिनिधिहरुको संख्या ११ जनामात्र भएको जनाएको छ ।

छोटो समयमा गरिएको खोपको तयारी, समन्वयको अभावले पनि खोप लगाउनेको संख्यामा प्रभाव पारेको देखिएको छ । त्यसैगरी समाजमा फैलाइएका विभिन्न हल्लाका कारण खोप लगाउन चाहने व्यक्तिहरु पनि डराउने गरेकाले लक्षित क्षेत्रका व्यक्तिहरुले खोप नलगाएको मलंगवा नगरपालिका–१० का वडाध्यक्ष मुकेश कुमार झा बताउँछन् ।

खोप लगाउनेहरुमा कुनै प्रकारको साइडइफेक्ट नदेखिएको स्वास्थ कार्यालयले जनाएको छ । आउने दिनमा कोरोना खोपको व्यापक प्रचारप्रसार गरेर र स्थानीयतहका जनप्रतिनिधि र पत्रकारबीच अन्र्तक्रिया कार्यक्रम गरेर सबैको सहभागीता गराउने स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख श्रवणकुमार नायकको भनाई छ ।

जिल्ला स्वास्थ्य कार्यालय मलंगवाका अनुसार पहिलो र दोस्रो चरण गरी फाल्गुन १० गते सोमबार सम्म सर्लाहीमा जम्मा ६ हजार ८२ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । पहिलो अभियानमा २ हजार ९ सय ७६ र दोस्रो अभियानमा सोमबार साझ सम्म ३ हजार १ सय ६ जनाले खोप लगाएका हुन् ।

आउँदो फागुन २३ गतेबाट ५५ वर्ष उमेर भन्दा माथिका जेष्ठ नागरिकहरुलाई खोप लगाउने कामको तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । दोस्रो चरणमा सरकारी कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिने सुरक्षाकर्मी तथा पहिलो चरणको अभियानमा छुटेकाहरुलाई खोप लगाइएको थियो ।

नेपाल सरकारले निःशुल्क चलाइरहेको खोप अभियानमा सबै तहका सहभागी भई कोरोनाबाट लड्न सबै संग स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);