ब्राजिलले कोरोना विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ब्राजिलले कोरोना विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने

एजेन्सी, ५ कर्तिक । ब्राजिलले कोरोना भाइरस विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ । ब्राजिलको साओ पाउलोका गभर्नर जोआओ डोरियाले संघीय सरकारले राष्ट्रिय खोप कार्यक्रममा चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरिरहेको खोपको प्रयोग गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।

ब्राजिलले ४ करोड ६० लाख मात्रा कोरोना खोपको लागि सम्झौता पनि गरिसकेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। गभर्नर डोरियाका अनुसार ब्राजिलमा सन् २०२१ को जनवरीसम्ममा खोप कार्यक्रम सुरु हुनेछ ।

चिनियाँ खोपको परीक्षण साओ पाउलोको रिसर्च सेन्टर बुटानटान इन्स्टिच्युटले गरिरहेको छ । इन्स्टिच्युटले प्रारम्भिक नतिजाअनुसार तेस्रो चरणको क्लिनिकल परीक्षणमा यो खोप सुरक्षित पाइएको बताएको थियो ।

यो खोपको परीक्षण अहिले टर्की र इन्डोनेसियामा पनि भइरहेको छ । यो ब्राजिलमा कोरोना विरुद्धको खोप अभियानमा प्रयोग हुने यो दोस्रो खोप हो । ब्राजिलले बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले निर्माण गरिरहेको कोरोनाविरुद्धको खोपलाई पनि प्रयोग गर्ने यसअघि ने सपष्ट गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);