नाइजेरियामा प्रहरी दमनविरुद्ध प्रदर्शनः प्रहरीले चलाएको गोली लागेर २० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नाइजेरियामा प्रहरी दमनविरुद्ध प्रदर्शनः प्रहरीले चलाएको गोली लागेर २० जनाको मृत्यु

एजेन्सी, ५ कार्तिक । नाइजेरियाको लागोस शहरमा प्रहरीको दमनविरुद्ध चर्किएको प्रदर्शनमा २० जनाको मृत्यु भने ५० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रदर्शन चर्किदै गएपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो ।

घटनापछि लागोस र आसपासको क्षेत्रमा अनिश्चितलकालीन कफ्र्यू लगाइएको बीबीसीले जनाएको छ । गोलीकाण्डलाई लिएर त्यहाँका सरकारी अधिकारीहरुले छानबीन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एम्नेष्टीले पनि घटनामा भएको हताहतिबारे विश्वासिलो रिपोर्ट प्राप्त गरेको जनाएको छ ।

लागोसमा विगत दुई हप्तादेखि प्रहरीको स्पेशल एन्टी रोवरी स्क्वाड युनिटको ज्यादतीविरुद्ध सडक प्रदर्शन भैरहेको छ । राष्ट्रपति महोम्मद बुहारीले भने अहिले यो यूनिट भंग गरेको बताउँदै आउनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);