अजरबैजान विरुद्ध युद्धमा मृत्यु हुने सैनिकको संख्या ७ सय २९ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अजरबैजान विरुद्ध युद्धमा मृत्यु हुने सैनिकको संख्या ७ सय २९ पुग्यो

एजेन्सी, ४ कार्तिक । अजरबैजानविरुद्ध जारी युद्धमा अर्मानिया तर्फ मृत्यु हुने सैनिकको संख्या लगातार बढ्दो छ । यो युद्धमा अर्मानियाको तर्फबाट मृत्यु हुनेको संख्या बढेर ७२९ पुगेको छ ।

अर्मानियाको रक्षा मन्त्रालयले यसअघि यो आँकडा अधुरो हुनसक्ने बताएको छ । अजरबैजानले आफ्नोतर्फ भएको धनजनको क्षतीको विवरण दिएको छैन । राष्ट्रपति इलहाम एलियेवले एक अन्तरवार्तामा युद्ध समाप्त भएपछि यसबारे जानकारी सार्वजनिक गरिने जानकारी दिएका थिए ।

अर्कोतर्फ अजरबैजानका प्रोसिक्यूटर जनरलको अफिसले सोमबार अगदाम इलाकामा मोर्चामा गोलीबारीका कारण चारजना घाइते भएको जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);