इजरायल–हमास युद्धः गाजामा पाँच इजरायली सैनिक मारिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

इजरायल–हमास युद्धः गाजामा पाँच इजरायली सैनिक मारिए

एजेन्सी,८ पुस । इजरायल र हमासबीचको युद्ध भएको दुई महिनाभन्दा बढी भइसकेको छ । यसैबीच, इजरायली सेनाले शनिबार गाजा पट्टीमा युद्धका क्रममा आफ्ना पाँच सैनिक मारिएको जनाएको छ। इजरायली सेनाले एक विज्ञप्तिमा भन्यो कि यसका चार सैनिकहरू शुक्रबार दक्षिणी गाजामा मारिएका थिए भने एक सैनिक शनिबार मारिएका थिए। सेनाले अक्टोबर ७ मा इजरायलमा भएको हमलापछि अहिलेसम्म आफ्ना १४४ सैनिक मारिएको जनाएको छ ।

इजरायलका ऊर्जा मन्त्रीले भने कि हमासको उन्मूलन र बन्धकहरूलाई सुरक्षित रूपमा रिहा नगरेसम्म हामी प्रत्येक शहीद सैनिकको लागि कारबाही जारी राख्नेछौं। हमासको सशस्त्र शाखा अल कसम ब्रिगेड्सले भने कि उसले पाँच इजरायली ट्याङ्कहरू ध्वस्त पारेको छ। जसमा उनका कैयौं सैनिक मारिएका र घाइते पनि भएका छन् ।

यसैबीच, ह्वाइट हाउसले भने कि अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कुरा गरे। दुईबीचको युद्धको पछिल्लो अवस्थाबारे पनि छलफल भएको छ । ह्वाइट हाउसले एक विज्ञप्तिमा भनेको छ कि राष्ट्रपतिले मानवीय सहायता कार्यहरूलाई समर्थन गर्न र नागरिकहरूको सुरक्षा गर्न आवश्यक रहेकोमा जोड दिए। नागरिकहरूलाई अवस्थित लडाई क्षेत्रहरूबाट सुरक्षित रूपमा बाहिर जान अनुमति दिनुपर्ने महत्त्वमा पनि जोड दिए। बाइडेनले भने कि यो एक निजी कुराकानी थियो। उनले भने कि मैले युद्धविराम मागेको छैन।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार विगत २४ घण्टामा कम्तिमा २०१ नागरिक मारिएको जनाएको छ। गाजामा युद्धमा मृत्यु हुनेको संख्या २०,२५८ पुगेको छ भने हजारौं शव भग्नावशेषमा फसेको आशंका गरिएको छ। गाजाका लगभग २३ लाख मानिस विस्थापित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);