अमेरिकामा कोरोना भाइसरबाट ८ हजार ५ सय भन्दा बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अमेरिकामा कोरोना भाइसरबाट ८ हजार ५ सय भन्दा बढीको मृत्यु

us corona 8000

एजेन्सी, २३ चैत । अमेरिकामा कोरोना भाइरसबाट ८ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ भने ३ लाख ११ हजारभन्दा बढी संक्रमित बनेका छन् । महामारीको इपिसेन्टर बनेको न्यूयोर्कमा मृतकको संख्या बढेको छ ।

न्यूयोर्क राज्यमा मात्रै मृत्यु हुनेको संख्या तीन हजार ५ सय भन्दा माथि पुगेको जनाइएको छ । ज्यान गुमाउने धेरै न्यूयोर्क शहरका छन् । न्यूयोर्क राज्यमा संक्रमितको संख्या १ लाख १३ हजार सात सयभन्दा बढी रहेको छ ।

न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले अबको १४ दिनमा राज्यमा कोरोना भाइरस संक्रमणको अवस्था अहिलेसम्मकै उच्च भई अत्यन्त खराब स्तरमा पुग्ने बताउनुभएको छ । राज्यमा कोरोना भाइरसविरुद्धको युद्धमा ८५ हजार मानिसले स्वतन्त्र रुपमा सेवा गरिरहेको र त्यसमध्ये २२ हजार मानिस राज्यभन्दा बाहिरका रहेको गभर्नर कुओमोले जानकारी दिनुभएको छ ।

उता चीनले न्यूयोर्कका लागि एक हजार भेन्टिलेटर सहयोग गरेको छ । न्यूयोर्क राज्यका गभर्नर र मेयरले भाइरससँग लड्न सामान अभाव भएको बताउँदै आएपनि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने त्यसलाई अस्वीकार गर्दै आउनुभएको छ । स्वास्थ्य सामग्रीको आपूर्ति कम भएको भन्ने खबरलाई बढाइचढाईँ गरिएको आरोप ट्रम्पको आरोप छ ।

न्यूयोर्कका गभर्नर कुओमोले राज्यलाई ४० हजारभन्दा बढी भेन्टिलेटर आवश्यक रहेको बताइरहँदा ट्रम्पले भने त्यो कुनै हालतमा पूरा नहुने प्रतिक्रिया दिनुभएको छ ।

कारोना भाइरसबाट अहीलेसम्म विश्वमा गरेर ६४ हजार ७ सय ५३ जनाको मृत्यु भएको छ । जसमा इटालीमा सबैभन्दा धेरै १५ हजार ३ सय भन्दा बढीले ज्यान गुमाएका छन । बिश्वमा कोरोना संक्रमितको संख्या १२ लाख २ हजार भन्दा माथि पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);