कोरोना अपडेट: ३७ लाख २४ हजार बढी संक्रमित, अमेरिकामा मात्रै १२ लाख ३७ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कोरोना अपडेट: ३७ लाख २४ हजार बढी संक्रमित, अमेरिकामा मात्रै १२ लाख ३७ हजार नाघ्यो

corona

एजेन्सी, २४ वैशाख ।  विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म ३७ लाख २४ हजार भन्दा बढी संक्रमित भएका छन् ।

संक्रमित मध्ये २ लाख ५८ हजारभन्दा बढीको मृत्यु भएको छ । १२ लाख ४० हजार भन्दा बढी उपचार पछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १२ लाख ३७ हजार बढी संक्रमित हुँदा ७२ हजार २ सय ७० जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ५० हजार ५ सय बढी संक्रमित हुंदा २५ हजार ६ सय १३ को मृत्यु भएको छ । यस्तै इटालीमा कोरोना संक्रमितको संख्या २ लाख १३ हजार हुंदा मृतकको संख्या २९ हजार ३ सय नाघेको छ ।

बेलायतमा १ लाख ९४ हजार बढी कोरोना संक्रमित हुँदा २९ हजार ४ सय बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ७० हजार बढी संक्रमित मध्ये मृत्यु हुनेको संख्या २५ हजार ५ सय नाघेको छ । यस्तै जर्मनीमा १ लाख ६७ हजार संक्रमित र ६ हजार ९ सय बढीको मृत्यु भएको छ । भारतमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या थपिंदै गएको छ । करिब ४९ हजार ४ सय संक्रमित हुंदा मृत्यु हुनेको संख्या १ हजार ६ सय ९३ पुगेको छ । उता पाकिस्तानमा कोरोना संक्रमितको संख्या २२ हजार ४९ छ भने ५ सय १४ जनाको मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);