विश्वमा कोरोनाबाट ३ लाख ६१ हजार बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विश्वमा कोरोनाबाट ३ लाख ६१ हजार बढीको मृत्यु

corona

एजेन्सी, १६ जेठ ।  विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ६१ हजार नाघेको छ । ५९ लाख संक्रमित मध्ये २५ लाख ७७ हजार उपचार पछि निको भएका छन् । ५२ हजार ८ सय संक्रमितको अबस्था गम्भिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३ हजार नाघेको छ ।

संक्रमितको संख्या १७ लाख ६८ हजार रहेको छ । बेलायतमा २ लाख ६९ हजार संक्रमित मध्ये ३७ हजार ८ सय बढीको मृत्यु भएको छ ।

इटालीमा २ लाख ३१ हजार ७ सय संक्रमित र ३३ हजार बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८६ हजार २ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ६ सय नाघेको छ ।

यस्तै स्पेनमा २ लाख ८४ हजार ९ सय बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा ४ लाख ३८ हजार ८ सय बढी संक्रमित हुंदा करिब २७ हजारको मृत्यु भएको छ ।

उता जर्मनीमा १ लाख ८२ हजार बढी संक्रमित र ८ हजार ५ सयको मृत्यु भएको छ । चीनमा ८२ हजार ९ सय ९२ कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ पुगेको छ ।

रसियामा ३ लाख ७९ हजार बढी संक्रमितमा मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);