कोरोना अपडेट: ३६ लाख ४३ हजार बढी संक्रमित, मृत्यु हुने २ लाख ५२ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

कोरोना अपडेट: ३६ लाख ४३ हजार बढी संक्रमित, मृत्यु हुने २ लाख ५२ हजार नाघ्यो

corona

काठमाडौं, २३ वैशाख । विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म ३६ लाख ४३ हजार भन्दा बढी संक्रमित भएका छन् ।

संक्रमित मध्ये २ लाख ५२ हजार भन्दा बढीको मृत्यु भएको छ । ११ लाख ९४ हजार भन्दा बढी उपचार पछि निको भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १२ लाख १२ हजार बढी संक्रमित हुँदा ६९ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ४८ हजार ३ सय बढी संक्रमित हुंदा २५ हजार ४ सय २८ को मृत्यु भएको छ । यस्तै इटालीमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार हुंदा मृतकको संख्या २९ हजार नाघेको छ । बेलायतमा १ लाख ९० हजार बढी कोरोना संक्रमित हुँदा २८ हजार ८ सय बढीको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ६९ हजार बढी संक्रमित मध्ये मृत्यु हुनेको संख्या २५ हजार २ सय नाघेको छ । यस्तै जर्मनीमा १ लाख ६६ हजार १ सय संक्रमित र ६ हजार ९ सय बढीको मृत्यु भएको छ । भारतमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या थपिंदै गएको छ । करिब ४६ हजार ४ सय ३७ संक्रमित हुंदा मृत्यु हुनेको संख्या १ हजार ५ सय ६६ पुगेको छ । उता पाकिस्तानमा कोरोना संक्रमितको संख्या २० हजार बढी छ भने ४ सय ७६ जनाको मृत्यु भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);