कोरोना अपडेट: संक्रमित हुने ४१ लाख नाघ्यो, दुई लाख ८० हजारको बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोना अपडेट: संक्रमित हुने ४१ लाख नाघ्यो, दुई लाख ८० हजारको बढीको मृत्यु

corona

एजेन्सी, २८ वैशाख । कोरोना भाइरसको कारण विश्वभर संक्रमित हुनेको संख्या ४१ लाख ६ हजार नाघेको छ ।

संक्रमणको कारण अहिलेसम्म २ लाख ८० हजार बढीको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितमध्ये १४ लाख ३९ हजार भन्दाबढी उपचारपछि निको भएका छन् । कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ । अमेरिकामा संक्रमित र मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ । अमेरिकामा मात्रै १३ लाख ४७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ८० हजारभन्दा धेरैको मृत्यु भएको छ । अहिलेसम्म दुई लाख ३८ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् ।

यता स्पेनमा दुई लाख ६२ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा २६ हजार भन्दा धेरैको मृत्यु भएको छ । एक लाख ७३ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् । इटलीमा दुई लाख १८ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ३० हजार ३ सयभन्दा धेरैको मृत्यु भएको छ । ९९ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

बेलायतमा २ लाख १५ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ३१ हजार ५ सय भन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै फ्रान्समा २६ हजार ३ सय १०, जर्मनीमा ७ हजार ५ सय ४९, रुसमा एक हजार ८ सय २७ को मृत्यु भएको छ भने छिमेकी देश भारतमा ६२ हजार ८ सय भन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा २ हजार १ सय १ जनाको मृत्यु भएको छ । १९ हजार ३ सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);