एजेन्सी, २६ वैशाख । दुई सय १२ वटा देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा संक्रमित हुनेको संख्या ३९ लाख १३ हजार पुगेको हो । संक्रमणको कारण अहिलेसम्म दुई लाख ७० हजार बढिको मृत्यु भइसकेको छ । त्यस्तै, संक्रमितमध्ये १३ लाख भन्दाबढी उपचारपछि निको भएका छन् ।
कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ । अमेरिकामा संक्रमित र मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ । अमेरिकामा मात्रै १२ लाख ९२ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ७६ हजार ९ सयभन्दा धेरैको मृत्यु भएको छ । अहिलेसम्म दुई लाख १७ हजार नौ सयभन्दा धेरै उपचारपछि निको भएका छन् । यता स्पेनमा दुई लाख ५६ हजार ८ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा २६ हजार भन्दा धेरैको मृत्यु भएको छ । एक लाख ६३ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् । इटलीमा दुई लाख १५ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा २९ हजार ९ सयभन्दा धेरैको मृत्यु भएको छ । ९६ हजार दुई सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।
बेलायतमा २ लाख ६ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ३० हजार ६ सय भन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै फ्रान्समा २५ हजार ९ सय ८७, जर्मनीमा ७ हजार ३ सय ९२, रुसमा एक हजार ६ सय २५ को मृत्यु भएको छ भने छिमेकी देश भारतमा ५६ हजार ३ सय भन्दा धेरैमा संक्रमित पुष्टि भएकोमा १ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ । १५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।




