कोरोना भाइरस: १६ लाख बढी संक्रमित, तीन लाख ५६ हजार उपचारपछि घर फर्किए(अपडेट) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कोरोना भाइरस: १६ लाख बढी संक्रमित, तीन लाख ५६ हजार उपचारपछि घर फर्किए(अपडेट)

coronavirus recovered

एजेन्सी , २८ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर १६ लाखभन्दा धेरै संक्रमित भएका छन् । विश्वका दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना फैलिँदा १६ लाख दुई हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

जसमध्य तीन लाख ५६ हजार ४ सय ४० जना उपचारपछि निको भएर घर फर्कएका छन् । त्यस्तै संक्रमित मध्ये ११ लाखभन्दा धेरैको उपचार भइरहेको छ भने साढे ९५ हजारभन्दा धेरैको मृत्यु भएको छ । सबैभन्दा धेरै इटालीमा १८ हजारभन्दा धेरैको मृत्यु गएको छ । अमेरिकामा गएको २४ घण्टामा १७ सयभन्दा धेरैको मृत्यु गएसँगैमृत्यु हुनेको संख्या १६ हजार ५ सय भन्दा धेरै पुगेको छ । अमेरिकापछि स्पेनमा १५ हजारभन्दा धेरैको मृत्यु गएको छ ।

फ्रान्समा कोरोना संक्रमणका कारण १२ हजारभन्दा धेरैको मृत्यु गएको छ । यसैगरी भारतमा दुई सयभन्दा धेरैको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);