कोरोना देखिएका बेलायती प्रधानमन्त्री जोन्सनलाई जनरल वार्डमा सारियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोना देखिएका बेलायती प्रधानमन्त्री जोन्सनलाई जनरल वार्डमा सारियो

boris johnson

एजेन्सी, २८ चैत । कोरोना भाइरसको संक्रमण भएर अति सघन कक्षमा उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई जनरल वार्डमा सारिएको छ । स्वास्थ्यमा केही सुधार देखिएपछि आईसीयूबाट जनरल वार्डमा सारिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जोन्सन अझै केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै रहने प्रधानमन्त्री निवास डाउनिङ स्ट्रीटले जनाएको छ । प्रधानमन्त्रीलाई स्थानीय समय अनुसार बिहीबार साँझ आईसीयूबाट जनरल वार्डमा सारिएको बताइएको छ । कोरोना भाइरसको संक्रमण देखिएपछि प्रधानमन्त्री जोन्सोनलाई अस्पताल भर्ना गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);