ट्रम्पलाई कोरोना भाइरसमाथि राजनीति नगर्न डब्लुएचओको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

ट्रम्पलाई कोरोना भाइरसमाथि राजनीति नगर्न डब्लुएचओको आग्रह

WHOL

एजेन्सी, २७ चैत । विश्व स्वास्थ्य संगठनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसमाथि राजनीति नगर्न आग्रह गरेको छ । संगठनका महानिर्देशक टेड्रोस अधनोमले उनले यो वेला एकता कायम गर्न पनि आग्रह गरेका छन् ।

राष्ट्रपति ट्रम्पले यसअघि डब्लुएचओलाई दिने बजेट कटौतीका लागि छलफल गर्न घोषणा गरेको बताएपछि टेड्रोस अधनोमल यस्तो आग्रह गरेका हुन् । ट्रम्पले गत मंगलबार कोभिड १९ सम्बन्धि दैनिक प्रेस ब्रिफिङमा बोल्दै डब्लुएचओले चीन केन्द्रित अभियान चलाएको आरोप लगाएका थिए । डब्लुएचओले कोरोना संक्रमितहरुबारे वास्तविक तथ्याङ्क बाहिर ल्याउन नसकेको ट्रम्पको आरोप थियो ।

ट्रम्पले डब्लुएचओ चीन केन्द्रित भएको भन्दै उनीहरुले चीनसँगको सम्बन्ध खुला गर्न दिएको सुझाव अस्वीकार गर्ने बताएका थिए । डब्लुएचओ प्रमुख घेब्रेएससले आफूहरुले हरेक देशलाई हेरिरहेको र नजिक रहेर काम गरेको बताएका छन् । आफूहरू राजनीति र रंगभेदबाट टाढा रहेको पनि उनको दाबी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);