टोकियो ओलम्पिक्सलाई रुसी ह्याकरहरूले निशाना बनाएको बेलायतको दावी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

टोकियो ओलम्पिक्सलाई रुसी ह्याकरहरूले निशाना बनाएको बेलायतको दावी

एजेन्सी, ४ कार्तिक । बेलायतले टोकियो ओलम्पिक्सलाई बाधा पु¥याउने उद्देश्यले रुसी ह्याकरहरूले निशाना बनाएको दावी गरेको छ ।

बेलायतको विदेश मामिला हेर्ने कार्यालयले रुसको जीआरयू सैन्य गुप्तचरले साइबर आक्रमण गरेर टोकियो ओलम्पिक्सलाई बाधा पु¥याएको दावी गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जाएका छन् । यो वर्षको टोक्यो ओलिम्पिक्स रुसी ह्याकरको निशानामा परेको बेलायतको दावी छ ।

कोरोना महामारीका कारण उक्त खेल प्रतियोगिता सन् २०२१ लाई सारिनु अघि नै साइबर आक्रमण भएको वेलायतको दावी छ । यद्यपि बेलायतले आक्रमणको प्रकृति र असरका बारेमा विस्तृत रूपमा खुलाएको छैन ।

यसैबीच अमेरिकाको न्याय मन्त्रालयले समेत ६ जना रुसी गुप्तचरविरूद्ध ’रुसलाई रणनीतिक फाइदा हुनेगरी’ साइबर हमलाहरू गरेको अभियोग लगाएको छ। अमेरिकी अभियोजनकर्ताका अनुसार उक्त समूहले सन् २०१८ मा दक्षिण कोरियामा भएको हिउँदे ओलिम्पिक्समा असर पार्ने प्रयासहरू गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);