पूर्वी लद्दाखमा एक चिनियाँ सैनिक भारतीय सेनाको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

पूर्वी लद्दाखमा एक चिनियाँ सैनिक भारतीय सेनाको नियन्त्रणमा

एजेन्सी, ४ कार्तिक । भारतीय सेनाले पूर्वी लद्दाखबाट एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको जनाएको छ । भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै लद्दाखको डेमचोकस्थित भारतीय क्षेत्रमा प्रवेश गरेपछि चिनियाँ सैनिकलाई नियन्त्रणमा लिइएको जनाएको हो ।

विज्ञप्तिमा जनाइए अनुसार एलएसी पार गरेको अवस्थामा अक्टोबर १९ मा नियन्त्रणमा लिइएको र पक्राउ परेका उनलाई चिनियाँ सेनाको जिम्मा लगाइने छ । स्थापित मान्यताअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि चिनियाँ जनमुक्ति सेनासमक्ष बुझाइने समेत विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ सैनिकलाई मेडिकल सुविधा, अक्सिजन, खाना तथा अन्य सुविधा उपलब्ध गराइएको पनि भारतीय सेनाले जनाएको छ । सीमा विवादका कारण भारत र चीनबीच लामो समयदेखि लद्दाख क्षेत्रमा तनाव जारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);