कोरोनाकाे संक्रमण फेरी बढ्न थालेपछि इटालीमा प्रतिबन्धात्मक नियमहरु घोषणा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कोरोनाकाे संक्रमण फेरी बढ्न थालेपछि इटालीमा प्रतिबन्धात्मक नियमहरु घोषणा

एजेन्सी, ३ कार्तिक । कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि इटालीमा प्रतिबन्धात्मक नयाँ नियमहरु घोषणा भएको छ । प्रधानमन्त्री जुसेपे कोन्तेले संक्रमण बढेपनि पुनः लकडाउनको अवस्था आउन नदिका लागि प्रतिबन्धात्मक उपायहरु लागु गर्नु परेको बताउनु भएको छ ।

प्रधानमन्त्री कोन्तेले नयाँ व्यवस्था अनुसार मेयरहरुलाई आफ्नो शहरका सार्वजनिक स्थलहरु निश्चित समयपछि बन्द गर्ने तथा रेस्टुरेन्ट खोल्ने समय तथा त्यहाँ उपस्थित हुन पाउने मानिसको संख्या निर्धारण गर्ने अधिकार दिइएको बताउनुभयो ।

कोरोना भाइरसको महामारीको पहिलो चरणमा युरोपमा सबैभन्दा पहिले सबैभन्दा बढी प्रभावित इटालीमा अहिले महामारीको दोस्रो लहर सुरु भएको छ । प्रधानमन्त्री कोन्तेले टेलिभिजन सम्बोधनमा अर्थतन्त्रमा गम्भीर असर पार्ने विगतको जस्तो लकडाउन गर्नु पर्ने अवस्था नआओस् भन्नका लागि सुरक्षाका लागि प्रतिबन्धात्मक उपायहरु अपनाउनुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।

सरकारले सक्दो प्रयास गरिरहेको र नागरिकले पनि आफ्नो भूमिका निर्वाह गर्नु पर्ने उहाँको भनाइ छ । स्कूलका माथिल्लो कक्षाका विद्यार्थीहरुको विद्यालय समय कम गर्ने तथा सकेसम्म घरबाटै अध्ययन गर्ने व्यवस्था मिलाउने, बार तथा रेस्टुरेन्टहरु मध्यरातमा बन्द गर्नु पर्ने, एक समूहमा ६ जना भन्दाबढी भेलाहुन नपाइने , स्थानीय सभा सम्मेलन तथा उत्सवहरुमा बन्देज लगाइएको प्रधानमन्त्री कोन्तेले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);