स्पेनमा राष्ट्रिय आपतकाल घोषणा, रातिको समयमा कर्फ्यू | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

स्पेनमा राष्ट्रिय आपतकाल घोषणा, रातिको समयमा कर्फ्यू

एजेन्सी, १० कार्तिक। स्पेनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि सरकारले देशभर राष्ट्रिय आपतकाल घोषणा गरी रातिको समयमा कर्फ्यू लागु गरेको छ ।

महामारीको दोस्रो लहर सुरु भएपछि स्पेनले संक्रमण नियन्त्रणको प्रयास स्वरुप आपतकाल घोषणा गरी रातिको समयमा कर्फ्यू लागु गरेको हो ।

प्रधानमन्त्री पेद्रो सान्चेजले राति ९ बजेदेखि बिहान ६ बजेसम्म देशभर कर्फ्यू लागु गर्ने घोषणा गरेको बताउनुभएको छ । यो नियम आइतबारदेखि लागु भएको छ ।

घोषित आपतकाल अनुसार स्थानीय अधिकारीहरुले आन्तरिक भ्रमणमा प्रतिबन्ध लगाउन पाउने छन् । नयाँ नियम सुरुमा १५ दिनका लागि लागु गरिएको भए पनि ६ महिनासम्म लागु गराउनका लागि संसदसँग आग्रह गर्ने प्रधानमन्त्रीले बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।

महामारीको पहिलो चरणमा स्पेन नराम्रोसँग प्रभावित भएको थियो । अहिले फेरि स्पेनसहितका युरोपेली क्षेत्रमा महामारीको दोस्रो लहर सुरु भएको छ ।

Leave a Reply

ताजा समाचार

On-line Slots Free Spins No Deposit Required

१ घन्टा अघि