कोरोना भाइरस फैलिन नदिन चीनको वुहान सहरमा उडान र यातायात बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोना भाइरस फैलिन नदिन चीनको वुहान सहरमा उडान र यातायात बन्द

wuhan to shut public transport

एजेन्सी, ९ माघ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीनले वुहान सहरमा सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिएको चिनियाँ सहर वुहानमा सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरिएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।

१७ जनाको मृत्यु भइसकेको र ५ सय भन्दाबढी कोरोना भाइरस संक्रमित भेटीएपछि स्थानीय सरकारले वुहान शहरमा सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेको हो । वुहान सहरको एक बजारमा जनावरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण जापान, ताइवान, कोरिया र अमेरिकामा पनि फैलिसकेको छ ।

स्थानीय सरकारले वुहानका बासिन्दालाई जरुरी काम नभई शहर नछोड्न निर्देशन पनि दिएको छ । त्यहाँ बिहीवारदेखि लागु भएको यो नियम चिनियाँ नयाँ वर्षलाई लक्ष्य गरेर कार्यान्वयनमा आउने बताइएको छ । त्यो बेला दशौँ लाख चिनियाँहरू आफ्नो जन्मथलो फर्कने गर्छन ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले चिनियाँ कदमको स्वगत गरेको छ । कोरोना भाइरस विरुद्ध विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्ने सम्बन्धमा डब्लूएचओले चाडै नै निर्णय गर्ने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);