चीनको हुबेई प्रान्तमा गरिएको 'लक डाउन' बुधबारदेखि हटाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चीनको हुबेई प्रान्तमा गरिएको ‘लक डाउन’ बुधबारदेखि हटाइने

एजेन्सी, ११ चैत । कोरोना भाइरसको केन्द्रबिन्दु मानिएको चीनको हुबेई प्रान्तमा गरिएको ‘लकडाउन’ बुधबारदेखि हटाइने भएको छ ।
चिनियाँ अधिकारीहरुले वुहान बाहेक हुबेईका अन्य ठाउँमा लकडाउन हटाइने जानकारी दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

कोरोना भाइरसको प्रकोप कम हुँदै गएको र बाहिरबाट आएकाहरुमा मात्रै संक्रमण देखिएको भन्दै चीनले हुबेई प्रान्तको लकडाउन हटाउन लागेको हो । हुबेईको प्रान्तीय सरकारले बुधबार रातिदेखि यातायात सञ्चालन गर्ने तयारी थालेको जानकारी दिएको छ । बुधबार रातिदेखि हुबेईभित्र र बाहिर यात्रा गर्न पाइनेछ ।

तर यात्रा गर्नका लागि भने सबै नागरिकले ग्रीन कोड लिनुपर्ने हुन्छ । वुहानमा भने अप्रिलको पहिलो सातादेखि लकडाउन हटाउने तयारी भइरहेको छ । त्यस्तै विश्वकै प्रमुख पर्यटकीय गन्तव्य मानिने ग्रेट वालका केही भाग पनि सर्वसाधारणका लागि खुला गरिएको चिनियाँ संचार माध्यमहरुले जनाएका छन् ।

ग्रेटवालको बेई लिउ लोउदेखि नान वु लोउ बानसम्मको खण्ड मंगलबारदेखि सर्वसाधारणका लागि खुला गरिएको हो । गत डिसेम्बरमा हुबेई प्रान्तको वुहानबाट कोरोना भाइरस संक्रमण सुरु भएको पछि जनवरी २३ देखि पूर्ण रुपमा लकडाउन गरिएको थियो ।

अहिलेसम्म चीनमा कोरोना संक्रमणबाट ३ हजार २ सय ७७ जनाको मृत्यु भएको छ । त्यस्तै ८१ हजार एक सय ७१ जना संक्रमित हुँदा ७३ हजारभन्दा बढी निको भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);