कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ पुग्यो

coronavirus dead 25

एजेन्सी, १० माघ । चीनमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । चीनको स्वास्थ्य निकायले शुक्रबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यसैगरी कोरोना भाइरस संक्रमितको संख्या ८ सय ३० पुगेको र २५ वटा प्रान्तमा फैलिसकेको चिनियाँ स्वास्थ्य निकायले जानकारी दिएको छ । कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभावित मानिएको चीनको हुबेई प्रान्तको वुहान सहरमा सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गरिएको छ ।

वुहान सहरको एक बजारमा जनावरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण जापान,ताइवान,कोरिया, मकाउ , हङकङ र अमेरिकामा पनि फैलिसकेको छ । चिनियाँ नयाँ वर्षका बेला मुलुकभर दशौँ लाख चिनियाँहरूको आवत जावत हुने हुनाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले विशेष सतर्कता अपनाएको छ ।

पशुबजारमा पनि कडा नियमन गरिएको छ । स्थानीय प्रशासनले जङ्गली जनावर र पशु बजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिइएको बताएको छ ।

यसका साथै मानिसहरुको बढी आवतजावत हुने विमानस्थल, बसपार्क र रेलमार्ग स्टेसनमा पनि स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);