अस्ट्रेलियामा आगो निभाउने विमान दुर्घटना हुँदा तीनको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

अस्ट्रेलियामा आगो निभाउने विमान दुर्घटना हुँदा तीनको मृत्यु

एजेन्सी, ९ माघ । अस्ट्रेलियाको न्यु साउथ वेल्समा आगो निभाउने विमान दुर्घटना हुँदा तीन जना अमेरिकी चालकको मृत्यु भएको छ ।

न्यु साउथ वेल्स स्थित सिड्नी नजिकै पहाडी क्षेत्रमा लागेको डढेलो निभाउन जाँदा विमान दुर्घटनामा परी ३ जना अमेरिकी चालकको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

मोनारो क्षेत्रको पहाडमा विमान ठोक्किएर आगो लागेपछि दुर्घटना भएको हो । दुर्घटनामा परेको विमान बोइङ ७३७ हो । ‘वाटर बम्बिङ प्लेन’ नामले चिनिने यस्तो जहाजमा सामान्यतयाः दुई जना पाइलट हुने गर्छन् ।

यसले १५ हजार लिटर पानी बोक्न सक्ने क्षमता राख्छ । साथै यसले आगो निभाउन प्रयोग गरिने विभिन्न पदार्थ तथा पानीको सहायताले जमिनमा रहेका अग्नि नियन्त्रकलाई सहयोग गर्छ ।

सिड्नीबाट पाँच घण्टाको दूरीमा रहेको पहाडी क्षेत्रको झन्डै ९४ हजार हेक्टर क्षेत्रफलमा आगो फैलिएको छ । सेप्टेम्बरबाट अस्ट्रेलियामा फैलिएको आगलागीका कारण अहिलेसम्म २९ जनाको मृत्यु भइसकेको छ भने झन्डै २ हजार घर ध्वस्त भएका छन् । करोडांै पशु चौपाया र जंगली पंक्षी तथा जनावर आगलागीमा परी मरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);