पाकिस्तानमा सेनाको विमान दुर्घटना, १८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन ३ २०८१, बिहीबार

पाकिस्तानमा सेनाको विमान दुर्घटना, १८ जनाको मृत्यु

pakistan army plane crashes

एजेन्सी, १४ साउन । पाकिस्तानमा सेनाको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । उक्त विमान राउलपिण्डी नजिकैको एक आवास क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनामा १३ नागरिक तथा ५ जना चालक दलका सदस्य सहित १८ जनाको मृत्यु भएको हो ।

सेनाको तालिमका लागि उडाइएको उक्त विमान अवतरण गर्ने समयमा घरहरुको बीचमा खसेको थियो । विमान दुर्घटना हुने बित्तिकै त्यसमा आगो लागेको पाकिस्तानी अधिकारीले जनाएका छन् । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

राजधानी इस्लामाबादनजिकै रहेको रावलपिन्डीमा पाकिस्तानी सेनाको मुख्यालय छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

सन् २०१० मा एउटा निजी विमान कम्पनीले सञ्चालन गरेको विमान इस्लामाबादनजिकै दुर्घटनाग्रस्त हुँदा १ सय ५२ जनाको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);