उत्तर कोरियाले गर्यो दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण, जापानमा पनि असर | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

उत्तर कोरियाले गर्यो दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण, जापानमा पनि असर

missile

एजेन्सी, १५ साउन । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

होदो प्रायद्वीपबाट स्थानीय समय अनुसार बुधवार बिहान उक्त प्रहार गरिएको हो । उत्तर कोरियाले अहिलेसम्म त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन । जापानका रक्षामन्त्रीले ती क्षेप्यास्त्रहरू आफ्ना भूभागसम्म पुगेको बताएका छन् । गत साता उत्तर कोरियाले दुईवटा छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेको बताइएको थियो । इस्ट सी पनि भनिने सी अफ जापानमा खस्नुअघि दुवै क्षेप्यास्त्रले ४३० किलोमिटर दूरी पार गरेको समाचारमा जनाइएको थियो ।

गत साता गरिएको भनिएको क्षेप्यास्त्र प्रहार उत्तर कोरियाली नेता किम जङ अन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच जुन महिनामा भएको भेटपछि पहिलो पटक गरिएको हो । दुईवटा कोरियालाई छुट्ट्याउने गैरसैनिक क्षेत्रमा विना पूर्वयोजना भएको भेटमा दुवै नेता पारमाणविक निरस्त्रीकरणसम्बन्धी वार्ता पुनःगर्न सहमत भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);