अफगानिस्तानमा बम विष्फोटमा परी ३४ को मृत्यु, १७ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अफगानिस्तानमा बम विष्फोटमा परी ३४ को मृत्यु, १७ जना घाइते

afghanistan roadside bomb

एजेन्सी,  १५ साउन । अफगानिस्तानमा सडक छेउमा राखिएको बममा यात्रु बस ठोक्किँदा ३२ जनाको मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएका छन । ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालबालिका रहेका जनाइएको छ ।

बुधवार कान्दाहार–हेरात राजमार्गमा गुडिरहेको यात्रु बस सडक छेउमा रहेको बममा ठोक्किएर घटना भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन । ज्यान गुमाउने सबै सर्वसाधारण रहेको र संख्या मृतकको संख्या अझै बढ्न सक्ने अफगानी अधिकारीले जनाएका छन् ।

बम कसले राखेको हो भन्ने खुलेको छैन । तर अफगानिस्तानमा इस्लामिक बिद्रोही समूह तालिबानले बम बिस्फोट तथा यस्ता खालका आक्रमण गर्दै आएको छ । यस घटनामा पनि तालिवानकै हात रहेको आशंका गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);