कोरोनाको कारण बेलायत तीन साताका लागि 'लक डाउन' | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

कोरोनाको कारण बेलायत तीन साताका लागि ‘लक डाउन’

एजेन्सी, ११ चैत । कोरोना भाइरसको संक्रमण तीव्र हुन थालेपछि बेलायत पनि ‘लकडाउन’ गरिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबारदेखि लागूहुनेगरी तीन साताका लागि देशभर ‘लकडाउनको घोषणा गरेको अन्तराष्ट्रिय संचारमाध्यहरुले जनाएका छन् ।

लक डाउनको प्रावधान अनुसार अब बेलायतका नागरिकहरु दिनको एकपटक मात्रै घर बाहिर निस्कन पाउने छन् । अत्यावश्यक काममा जाने, अत्यावश्यक सामग्री किन्ने काम त्यही समयमा गर्नुपर्ने भनिएको छ ।

औषधि पसल तथा अत्यावश्यक सामग्री बाहेकका पसल बन्द गर्न पनि प्रधानमन्त्री जोन्सनले निर्देशन दिएका छन् । दुईजना भन्दा बढी जम्मा हुन नपाउने निर्देशन दिँदै प्रधानमन्त्री जोन्सनले नयाँ नियम नमान्नेलाई जरिवाना तिराउने सहितका कडा कारवाही गरिने चेतावनी दिएका छन् ।

सबै पुस्तकालय, जिम, खेल मैदान, चर्च तथा धार्मिक भेला, विवाह समारोहमा रोक लगाइएको छ । अन्त्येष्टि समारोह भने गर्न पाइनेछ । सडक र रेल नेटवर्क खुल्ला रहेपनि त्यो अत्यावश्यक सेवाका कामदारले मात्र प्रयोग गर्न पाउने छन् । बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण ३ सय ३५ जनाको मृत्यु भैसकेको छ भने ६६ सय ५० जना संक्रमित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);