बेलायती प्रधानमन्त्री जोन्सनलाई झड्का, आम चुनावको प्रस्ताव संसदबाट अस्वीकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बेलायती प्रधानमन्त्री जोन्सनलाई झड्का, आम चुनावको प्रस्ताव संसदबाट अस्वीकृत

boris johnson

एजेन्सी, १९ भदौ । केही महिनाअघि मात्रै सत्तामा आएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संसदमा लगातार असफलता प्राप्त गरेका छन् । बिना सम्झौता बेलायत युरोपबाट बाहिरिने (नो–डिल ब्रेक्जिट) लाई मार्ग प्रशस्त गर्ने कानून पारित गराउने प्रयासमा असफल भएका प्रधानमन्त्री जोन्सनले गरेको आम चुनावको प्रस्ताव पनि असफल भएको छ ।

सत्तारुढ पक्ष ट्रोयका केही सांसद तथा विपक्षी सांसदले आफूले ल्याएको विधेयक पारित हुन नदिएपछि प्रधानमन्त्री जोन्सनले आम चुनावको प्रस्ताव संसदमा पेश गरेका थिए । तर त्यो प्रस्ताव पनि असफल भएको छ । बेलायत युरोपियन युनियन (इयु) बाट बाहिरिने हालको समय सीमा अक्टोबर ३१ हो । सो अवधिमा बिना सम्झौता नै भए पनि बेलायत इयुबाट अलग हुने सम्बन्धी कानून बनाउनका लागि ल्याइएको विधेयकको पक्षमा ३०१ तथा विपक्षमा ३२८ मत परेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);