भारतको पटाका कारखानामा बिस्फोट हुँदा २३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

भारतको पटाका कारखानामा बिस्फोट हुँदा २३ जनाको मृत्यु

pataka karkhana blast

एजेन्सी, १९ भदौ । भारतको पञ्जाब स्थित गुरदासपुरको बटालामा रहेको एक पटाका कारखानामा बिस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । बुधबार भएको बिस्फोटका कारण कारखाना रहेको भवन भत्किएको छ ।

घटनामा अरु केही घाइते भएका छन् । पञ्जाबमा मुख्यमन्त्री अमरिंदर सिंहले घटनाको जाँच गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री सिंहले घटनामा ज्यान गुमाएकाका परिवारलाई दुई लाखका दरले राहत प्रदान गर्ने घोषणा गरेका छन् । अमृतसर मेडिकल कलेजमा उपचार भइरहेका गम्भीर घाइते सातजनाको उपचारका लागि ५० हजार र अरु घाइतेका लागि २५ हजार प्रदान गर्ने पञ्जाब सरकारले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);