चीनमा ४४० जनामा कोरोना भाइरसको संक्रमण, ९ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चीनमा ४४० जनामा कोरोना भाइरसको संक्रमण, ९ को मृत्यु

wuhan-coronavirus

एजेन्सी, ९ माघ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ भने अन्य ४४० जनामा संक्रमण देखिएको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले कोरोना भाइरसका कारण सिर्जित निमोनियाबाट ९ जनाको मृत्यु हुनुका साथै ४४० जना पीडित भएको घोषणा गरेका हुन् ।

यो भाइरस चीनका १३ वटा प्रान्तमा देखिएको छ । मृत्यु हुनेहरु सबै मध्य चीनको हुबेई प्रान्तका रहेका राष्ट्रिय स्वास्थ्य आयोगका उपनिर्देशक ली बिनले बताएका छन् ।

पत्रकार सम्मेलनमा उपनिर्देशक लीले मंगलबार मात्र १४९ जनामा भाइरस देखिएको पुष्टी भएको जानकारी दिए । चिनियाँ अधिकारीहरुले कूल २,१९७ को विशेष निगरानी गरिएको र तीमध्ये १ हजार ३९४ जनाको स्वास्थ्य परीक्षण गरिएको जनाएका छन् । स्वास्थ्य जाँच गरिएकामध्ये ७६५ जनालाई डिस्चार्ज गरिएको छ ।

उपनिर्देशक लीले यस भाइरसबाट संक्रमणको घटना निकै बढेको देखिएको भन्दै नयाँ भाइरसको परीक्षण विधि प्रयोगमा आएपछि रोगी व्यक्तिहरुको संख्या देखिएको हुन सक्ने बताए । विज्ञहरूले चिनियाँ नयाँ वर्षका अवसरमा ठूलो संख्यामा मानिसको आवतजावत हुने भएकाले यस भाइरसको संक्रमणबाट सतर्क रहन आह्वान गरेका छन् ।

भाइरसको फैलावट रोक्न सरकारले कडा कदम चालेको छ । उहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलमा १५ वटा थर्मल डिटेक्टर जडान गरिएको छ भने शहरका तीन प्रमुख रेलवे स्टेशनहरूमा २० थर्मल डिटेक्टर स्थापना गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);