कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर २५ २०८०, सोमबार

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो

coronavirus 3000 dead

एजेन्सी, १९ फागुन । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको र ९० हजार संक्रमित भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

कोरोनाबाट चीनमा मात्रै २ हजार ९ सय १२ पुगेको छ । विश्वका ६४ मुलुकमा फैलिएको कोरोना भाइरसबाट चीन बाहिर अन्य १० मुलुकमा संक्रमितको मृत्यु भएकोे छ । चीनबाहिर १० हजारमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसबाट इटालीमा ३४ जनाको मृत्यु भएको छ भने १६ सय ९४ जना संक्रमित छन् । यसैगरी दक्षिणको कोरियामा कोरोनाबाट २२ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या ४२ सय १२ पुगेको छ ।

इरानमा सोमबारसम्ममा ९ सय ७८ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ५४ जनाको मृत्यु भएको छ । यद्यपी इरानमा मृतकको संख्या २ सय भन्दा धेरै भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले दावी गर्दै आएको छन् ।

विश्व स्वास्थ संगठनका अनुसार पछिल्लो १० दिनमा थप ३१ मुलुकमा कोरोनाको संक्रमण देखिएको छ । कतार, साउदी इक्वेडर लक्जेबर्ग आइरल्याण्ड लगायतका मुलुकमा कोरोनाको भाइरसको संक्रमण देखिएको थियो । योसँगै कोरोनाबाट संक्रमित हुने मुलुकको संख्या ६४ पुगेको छ ।

यसैबीच कोरोना भाइरसका कारण अमेरिकामा दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । किर्कल्यान्डको एभरग्रीन अस्पतालमा ७० वर्षीय पुरुषको मृत्यु भएको अमेरिकी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ८८ पुगेको छ ।

भारतको राजधानी नयाँदिल्लीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबार भारतको स्वास्थ्य मन्त्रालयले इटालीबाट दिल्ली आएका एकजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो ।