विश्वका ८४ मुलुकमा कोरोनाको संक्रमण, ३२ सय ५४ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विश्वका ८४ मुलुकमा कोरोनाको संक्रमण, ३२ सय ५४ को मृत्यु

coronavirus 3000 dead

एजेन्सी, २२ फागुन । कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३२ सय ५४ पुगेको छ । ८४ वटा मुलुकमा कोरोनाको संक्रमणबाट ९५ हजार १ सय ८४ जना मानिस संक्रमित भएका छन् ।

कोरोनाबाट चीनमा सबै भन्दा बढी २९ सय ८१ जनाको मृत्यु भएको छ भने ८० हजार २ सय ८२ मानिस संक्रमित भएका छन् । चीन बाहिर १४ वटा मुलुकमा २ सय ७३ जनाको मृत्यु भईसकेको छ ।

चीन बाहिर सबैभन्दा धेरै इटालीमा १ सय ७ जनाको मृत्यु भएको छ । त्यहाँ एकैदिन २८ जना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको हो । मृत्यु हुनेको संख्या १ सय ७ पुगेसँगै इटालीका सबै बिद्यालयहरु अनिश्चिकालका बन्द गरिएको बीबीसीले जनाएको छ । इटालीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ हजार ८९ पुगेको छ ।

यता इरानमा पनि कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ भने २९ सय २२ जनामा संक्रमण देखिएको छ । त्यस्तै दक्षिण कोरियामा ३५ जनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या अहिलेसम्म ५६ सय २१ छ ।

अमेरिकामा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । अरु १ सय ५८ जना संक्रमितको अवस्था पनि गम्भिर नै रहेको बताइएको छ । जापानमा ६ जना, फ्रान्समा ४ जना, हङकङ, स्पेन, इराक र अष्ट्रेलियामा २-२ जनाको मृत्यु भएको छ । थाइल्याण्ड, सनमारिनो, फिलिपिन्स र ताइवान १-१ जनाको मृत्यु भएको छ ।

चीनबाहिर १४ हजार ९ सय २ जनामा कोरोनाको संक्रमण देखिएको छ भने उपचारपछि घर फर्कने मानिसको संख्या ५१ हजार ४ सय ५४ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);