इरानमा ५४ हजार कैदीबन्दीलाई अस्थायी रुपमा रिहा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

इरानमा ५४ हजार कैदीबन्दीलाई अस्थायी रुपमा रिहा

iran releases prisoners

एजेन्सी, २१ फागुन । कोरोनाभाइरसको संक्रमण रोकथामको प्रयासमा इरान सरकारले ५४ हजार कैदीबन्दीलाई अस्थायी रुपमा रिहा गरेको छ । इरानका जेलहरु भरिभराउ रहेकाले सरकारले सम्भावित जोखिमलाई ध्यान दिदैं ५४ हजार कैदीबन्दीलाई रिहा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

ती सबैलाई कोरोना भाइरस संक्रमणको परिक्षण पश्चात रिहा गरेको हो । इरानले ’सुरक्षासँग सम्बन्धित’ मामिलामा पाँच वर्षभन्दा बढी सजाय तोकिएका कैदीहरूलाई भने रिहा गरेको छैन ।

इरानमा हालसम्म कोरोनाभाइरसबाट ७७ जनाको मृत्यु भइसकेको छ भने २३ सय ३६ जना संक्रमित भेटिएको पुष्टि भएको छ । इरानी संसदका २९० सदस्यमध्ये २३ जना सांसद कोराना संक्रमित भइसकेका छन् ।

यसैबिच विश्व बैंकले कोरोना भाइरसको सामना गर्न विकासील मुलुकका लागि १२ अर्ब अमेरिकी डलर सहयोग घोषणा गरेको छ ।

कोरोना भाइरसबाट हालसम्म विश्वभरि ९० हजारभन्दा संक्रमित एको पुष्टि भइसकेको छ भने ३१ सय जनाको ज्यान गइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);