इरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्यांक भन्दा तेब्बर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

इरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्यांक भन्दा तेब्बर

एजेन्सी, १९ साउन । इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्यांक भन्दा तेब्बर रहेको तथ्यांक सार्वजनिक भएको छ । अनुसन्धानका क्रमामा इरानमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या भनिए भन्दा झण्डै तेब्बर रहेको देखिएको दाबी गरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

तथ्यांकमा गत जुलाई २० सम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या झण्डै ४२ हजार देखिएको जनाइएको छ । तर इरानको स्वास्थ्य मन्त्रालयले सो अवधिसम्म ज्यान गुमाउनेको संख्या मात्रै १४ हजार ४ सय ५ रहेको पुष्टि गरेको थियो । त्यस्तै संक्रमितको संख्यामा पनि इरान सरकारले सार्वजनिक गरेको भन्दा दोब्बर देखिएको छ।

इरानको स्वास्थ्य मन्त्रालयले जुलाई २० सम्म कोरोना संक्रमित हुनेको संख्या दुई लाख ७८ हजार ८सय २७ भनेकोमा वास्तविक संख्या चार लाख ५१ हजार २४ रहेको तथ्यांकमा जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);