अमेरिकामा कोरोना भाइरसको सङक्रमण फेरि बढ्याे | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अमेरिकामा कोरोना भाइरसको सङक्रमण फेरि बढ्याे

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको सङक्रमण फेरि बढेको छ । अमेरिकामा कोरोना सक्रमीत भएर अस्पताल भर्ना हुनेको संख्यामा वृद्ध्री भएको अन्तराष्ट्रिय सचार माध्यमहरुले जनाएका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा ८६ हजार भन्दा धेरैलाई संक्रमण पुष्टि भएको छ ।

यो सँगै अहिले सम्म अमेरिकामा कुल संक्रमीतको संख्या ३ करोड, ९८ लाख ७० हजार पुगेको छ । गत जनवरीमा अस्पताल भर्ना हुने कोरोनाबाट संक्रमीत को संख्या १ लाख मात्रै थियो तर यो संख्या निकै बढेको छ । अमेरिकाका मुख्य शहरहरुमा रहेका अस्पतालहरुमा कोरोनाका बिरामीले १ लाख तीन हजार १७ वटा शैया भरिएको छ ।

अमेरिकाको फ्लोरिडा र टेक्सासमा संङक्रण धेरै देखिएको छ । गएको हप्ता फ्लोरिडामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि सबैभन्दा धेरै रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);