भारतमा पहिलो पटक सर्वोच्चका नौ न्यायाधीशले लिए एकै पटक सपथ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

भारतमा पहिलो पटक सर्वोच्चका नौ न्यायाधीशले लिए एकै पटक सपथ

एजेन्सी । भरतमा सर्वोच्च अदालतका नौ जना नयाँ न्यायाधीशले पद तथा गोपनियताको सपथ लिएका छन् । तीन महिलासहित नौ न्यायाधीशलाइ मंगलबार बिहान प्रधान न्यायधीश एन भी रमनाले सपथ खुवाएका हुन् ।

भारतको सर्वोच्च अदालतको इतिहासमा नै पहिलो पटक नौ जना न्यायाधीशले एकै पटक सपथ खाएका हुन् । सामाजिक दूरी कायम राख्दै सर्वोच्च अदलतको अडिटरियम भवनमा सपथ कार्यक्रम आयोजना गरिएको थियो ।

यसअघि प्रधानन्यायधीशको कक्षामा सपथ खुवाइने गरेकोमा कोभिडका कारण सामाजिक दूरी राख्न छुट्टै हलको व्यवस्था गरिएको थियो ।

मंगलबार सपथ लिनेमा न्यायाधीश अभय ओका, बिक्रम नाथ, जितेन्द्र कुमार महेश्वरी, हिमा कोली र बीभी नगरथना छन् । नगरथना पूर्व प्रधान न्यायधीश इएस भेनकाटरमिहको छोरी हुन् । त्यस्तै, सपथ लिने अन्य न्यायधीशमा सीटी रभि कुमार, एम एम सनद्रेस, बेला एम त्रिवेदी र न्यायधीश पीएस नरसिंह छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);