उच्च अदालतका चार जना मुख्य न्यायाधिशद्वारा सपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

उच्च अदालतका चार जना मुख्य न्यायाधिशद्वारा सपथ ग्रहण

काठमाडाैं, ११ माघ । उच्च अदालतका नवनियुक्त चार जना मुख्य न्यायाधिशहरुले बिहीबार पद तथा गोपनियतको सपथ लिएका छन् । प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले बिहीबार उच्च अदालतका चार जना नवनियुक्त मुख्य न्यायाधिशहरु नहकुल सुवेदी, उदयप्रकाश चापागाँई, यज्ञप्रसाद बस्याल र हरिकुमार पोखरेललाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

नवनियुक्त मुख्य न्यायायाधिश सुवेदीलाई उच्च अदालत तुलसीपुर, चापागाईँलाई उच्च अदालत जनकपुर, बस्याललाई उच्च अदालत दिपायल र पोखरेललाई उच्च अदालत, सुर्खेत पदस्थापन गरिएको छ ।

यस अघि सुवेदी सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार, चापागाईँ उच्च अदालत जनकपुरको न्यायाधिश, बस्याल उच्च अदालत जनकपुर विरगंज इजलासको न्यायाधिश र पोखरेल उच्च अदालत तुलसीपुर बुटवल इजलासको न्यायाधिश पदमा कार्यरत थिए ।

न्याय परिषदको पुस २० गते बसेको बैठकले चारै जनालाई उच्च अदालतको मुख्य न्यायाधिशमा नियुक्त गर्ने निर्णय गरेको थियो । सपथग्रहण समारोहमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापा, सर्वोच्च अदालतका न्यायाधिशहरु, नेपाल बार एशोसिएसनका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);