राष्ट्रियसभा निर्वाचन अन्तर्गत आज र भोलि उम्मेदवार उपर दाबी विरोधको उजुरी दिन पाइने | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

काठमाडौं, ११ माघ । राष्ट्रियसभा निर्वाचनका लागि हिजो मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज र भोलि उजुरी दिने तथा दावी विरोधको समय छुट्याइएको छ ।

निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि भोलि आपरान्ह ५ बजेसम्म उम्मेदवारमाथि उजुरी दिन सकिनेछ । सम्बन्धित प्रदेशमा तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत उजुरी संकलन हुने निर्वाचन आयोगले जनाएको छ ।भोलि साँझ ५ बजेसम्म संकलन भएका उजुरीमाथि शनिबार जाँच गरी सम्बन्धित स्थानबाटै त्यसको किनारा लगाइनेछ ।

निर्वाचन कार्यतालिका अनुसार आइतबार १ देखि २ बजे सम्म उम्मेदवारी फिर्ताको समय दिने र सोमबार ३ देखि ४ बजे उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरी अपरान्ह ४ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । राष्ट्रिय सभा निर्वाचन भने माघ २४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म बहुमतिय र एकल संक्रमणीय प्रणालीका आधारमा हुनेछ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);